Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिभिल बैंकले पायो ४० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

२०७४ कार्तिक २ गते

सिभिल बैंक लिमिटेडले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गरेको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर विक्री गर्ने अनुमति पाएको हो । 

 सिभिलले एक सय रुपैयाँ अंकित दरको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद विक्रीका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ८ सय रुपैयाँ पुग्नेछ ।