Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंगलबार ओर्लियो सेयर बजार, ६१ करोडको कारोबार

२०७४ आश्विन ३१ गते

सोमबार ४६.६२ अंकले बढेको सेयर बजार मंगलबार ५.७२ अंकले घटेर १५५९.१८ अंकमा कायम भएको छ । व्यापार, जलविद्युत् र अन्यबाहेक सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ४१.१७ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ५.६२, १२.९६, ९.१, १.९२ र १६.७६ अंकले घटेका छन् । व्यापार, जलविद्युत र अन्य भने क्रमशः २.६२, ७.७८ र ०.२९ अंकले बढेका छन् । दशैँपछि निरन्तर घट्दो क्रममा रहेको बजार तिहार नजिकिदै गर्दा भने निरन्तर उकालो लाग्दै गएको थियो । 

कारोबार रकम भने सामान्य भएपनि बढेको छ । सोमबार ६० करोडको कारोबार भएको बजारमा मंगलबार ६१ करोड २० लाख ९२ हजार चार सय ५१ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १६२ वटा कम्पनीको १४ लाख १३ हजार चार सय ४६ कित्ता सेयर पाँच हजार तीन पटक खरिदविक्री हुँदा उक्त रकम परिचालन भएको हो । 

बोनस सेयर र एफपिओ प्रस्तावसहित साधारणसभा डाकेको वरियन्टल होटल्सको सबैभन्दा धेरै कारोबार भएको छ । होटलको झन्डै पाँच करोडको कारोबार भएको छ । यसबाहेक, प्रभु इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार भएको छ भने चिलिमे हाइड्रो, बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र प्राइम बैंकको दुई करोडमाथिको कारोबार हुँदा एलआईसी नेपाल नेपाल टेलिकम, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

बेस्ट फाइनान्स र छ्याङ्दी हाइड्रोका सेयरधनीले क्रमशः ९.८७ र ५.९५ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्त, सिन्धु विकास बैंक, नेशनल हाइड्रो, कामना सेवा विकास बैंक, रिलायन्स फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ५.७६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सनराइज बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, सिनर्जी पावर, वल्र्ड मर्चेन्ट बैंकिङ, विजय लघुवित्त, सिभिल बैंक, जनता बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।