मिसन डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंक संचालक समितिको आइतबार बसेको २७९औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३१५७८१ प्रतिशत नगल लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।
जसअनुसार, बैंकले आठ करोड ६५ लाख ४६ हजार सात सय रुपैयाँ बराबरको बोनस सेयर र ४५ लाख ५५ हजार ८९ रुपैयाँ ४७ पैसा नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
हाल मिसन डेभलपमेन्ट बैंकको चुक्तापुँजी ४३ करोड २७ लाख ३३ हजार पाँच सय रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी ५० करोड रुपैंयाँ नाघ्नेछ ।


