२०७४ आश्विन २९ गते

सेयर बजारमा हरियाली, कमाउने र गुमाउने कोको ?

आइतबार सेयर बजार ८.२६ अंकले बढेर १५१८.२८ अंकमा पुगेको छ । कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह ३०.९ अंकले बढेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य क्रमशः ८.६९, ३.४६, १२.३९, ६.०८, १.५५, २६.०५ र १.७४ अंकले बढेका छन् । 

परिसूचकसँगै कारोबार रकमले पनि फड्को मारेको छ । दिनभरिमा १५५ वटा कम्पनीको आठ लाख १४ हजार तीन सय सात कित्ता सेयर तीन हजार एक सय ३३ पटक खरिदविक्री हुँदा ५१ हजार ८६ लाख चार हजार ३२ रुपैयाँको कारोबार भएको छ । डिप्रोक्स लघुवित्तको १५ करोड र नागरिक लगानी कोषको १० करोडको कारोबार भएको छ भने कुमारी बैंक, ओम डेभलपमेन्ट बैंक प्रोमोटर र नेपाल टेलिकमको एक करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स, प्राइम बैंक र एनएमबि बैंकको क्रमशः ८९ लाख, ८६ लाख, ७३ लाख, ७२ लाख र ६७ लाखको कारोबार भएको छ । 

प्रोग्रसिभ फाइनान्स, बेस्ट फाइनान्स, वोमी माइक्रोफाइनान्स र नयाँ नेपाल लघुवित्तका सेयरधनीले क्रमशः ९.६२, ९.४५, ६.०१ र ५.९२ प्रतिशतका दरले कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, समिट माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, गुहेश्वरी फाइनान्सका सेयरधनीले ५.३३ प्रतिशतका दरले गुमाएका छन् । एनबि इन्स्योरेन्स, सिन्धु विकास बैंक, अरुण फाइनान्स, प्राइम बैंक् प्रोमोटर, विजय लघुवित्त, रिलायन्स फाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स, बरुण हाइड्रो, सिर्जना फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।