Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

कात्तिक ५ गतेदेखि माछापूछ्रे बैंकको सेयर लिलामी

२०७४ आश्विन २७ गते

माछापुच्छ्रे बैंकले कात्तिक ५ गतेदेखि एक लाख ६० हजार कित्ता सेयर लिलामीमा निकाल्ने भएको छ । बैंक्ले हकप्रद निष्काशनका क्रममा नबिकेको सस्थापक समुहतर्फको २० हजार कित्ता र सर्बसाधारण समुहतर्फको एक लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामीमा राख्न लागेको हो । बैंकले गत साउन १ गतेदेखि भदौ ७ गतेसम्म चुक्ता पूँजीको १२ प्रतिशतबाट हुन आउने ७९ लाख १८ हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको थियो । 
 
सेयरको लिलामी १३ गतेसम्म खुला रहने छ । बैंकको हकप्रद सेयर शिलबन्दी बोलपत्रको लागि आवेदकले न्युनतम एक सय रुपैयाँदेखि आह्वान गर्न सक्ने बैंकले जनाएको छ । बोलपत्र आवेदन दिँदा संस्थापक समुहतर्फ न्युनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अंकमा हाल कायम रहेको सेयरमा २ प्रतिशतभन्दा बढि नहुने गरि २० हजार दुई कित्तामा नै आवेदन दिन सकिने बैंकले जनाएको छ ।
 
साथै सर्बसधारण समुहतर्फको लागि न्युनतम एक सय कित्ता र अधिकतम १० ले भाग जाने अंकमा बिक्री खुल्ला गरिए बराबरकै लागि आवेदन दिन पाइने बैंकले जनाएको छ । बैंकको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।