Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको अन्तिम दिन पनि बढ्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

२०७४ आश्विन २६ गते

साताको अन्तिम दिन सेयर बजार ४.०३ अंकले बढेर १५१०.०२ अंकमा पुगेको छ । अन्य समूह सबैभन्दा धेरै ३०.०७ अंकले बढेको छ भने बैंकिङ र व्यापार पनि क्रमशः २.०१ र ०.२५ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा समूह भने क्रमशः ४.०८, ५.४२, ७.०३, ३.१३ र २१.८ अंकले घटेका छन् । 

कारोबार रकममा पनि बुधबारको तुलनामा सुधार आएको छ । बुधबार ३२ करोडको कारोबार भएको बजारमा विहीबार ४० करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १५४ वटा कम्पनीको आठ लाख ९९ हजार तीन सय ३६ कित्ता सेयर चार हजार चार सय २६ पटक खरिदविक्री हुँदा ४० करोड ४८ लाख छ सय एक रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, चिलिमे हाइड्रोको सात करोड २० लाखमाथिको सेयर कारोबार भएको छ भने नेपाल टेलिकमको साढे तीन करोडको कारोबार भएको छ । कुमारी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको एक करोडमाथिको सेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक प्रोमोटर, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकको क्रमशः ७८ लाख, ७६ लाख, ७६ लाख, ७६ लाख र ७० लाख रुपैयाँको कारोबार भएको छ । 

रिलायन्स फाइनान्सका सेयरधनीले ५.५३ प्रतिशतका दरले कमाएका छन् । नेपाल टेलिकम, जनरल फाइनान्स, नेपाल इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, नागवेली लघुवित्त, छ्याङ्दी हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सृजना फाइनान्स, रिडि हाइड्रो, प्राइम बैंक प्रोमोटर, आईसीएफसी फाइनान्स, एनबि इन्स्योरेन्स, युनाइटेड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, कुबेर मर्चेन्ट बैंक, वोमी माइक्रोफाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले गुमाएका छन् ।