Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुला

२०७४ आश्विन २६ गते

बुटवल–८, रुपन्देही स्थित केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडले १२० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २९ गतेसम्म खुला रहने सेयरमा असोज १७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २३,२०० निक्षेपकर्तालार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ्घ सेवा लगायतका अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त बैंकको अधिकृत पुँजी ६० करोड तथा चुक्ता पुँजी २२ करोड २ लाख ९४ हजार ९ सय, निक्षेप १ अरब ९६ करोड, कर्जा लगानी १ अरब ६० करोड र निष्कृय कर्जा ०.५१ प्रतिशत रहेको छ भने गत आषाढ मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार रु. ५ करोड ६७ लाख संचालन मुनाफा गरेको छ ।  

बैकले साविकका रानिवगिया, शंकरनर र बुद्धचोक एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गर्ने तथा रुपन्देही जिल्लाका तिलोत्तमा –८, शिवपुर, ओमसतिया गाउँपालिका–१, ठुटीपीपल, सियारी गाउँपालिका–४, अमवा र सुद्धोधन गाउँपालिका–५, मानपकडीमा नयां शाखाहरु स्थापना गर्ने र आश्वा एवमं  एस. एम. एस. सेवा लागु गर्ने प्रक्रियामा रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काले बताए ।    

निष्कासनको प्रकृयामा रहेको हकप्रद सेयरबाट नेपाल राष्ट्र बैंकले तोके बमोजिम अपुग हुने चुक्ता पुँजी गत आ. व. को मुनाफा तथा अघिल्लो हकप्रद सेयर निष्काशनको क्रममा आर्जित सेयर प्रिमियमवाट वोनस सेयर वितरण गरी पुर्याईने बैंकको योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।