बुधबार नेप्से परिसूचक ३.३६ अंकले बढेर १५०५.९९ अंकमा पुगेको छ । बैंकिङ, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ०.६, ०.१४ र १४.३३ अंकले घटेका छन् । व्यापार, होटल, विकास बैंक, जलविद्युत्, बीमा र अन्य समूह क्रमशः २.११, ५.८३, ०.५३, १७.६३, ६०.०८ र ८.९७ अंकले बढेका छन् ।
कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ । दिनभरिमा १६३ वटा कम्पनीको सात लाख ५४ हजार ५३ कित्ता सेयर तीन हजार सात सय ९४ पटक खरिदविक्री हुँदा ३२ करोड २३ लाख १० हजार पाँच सय ५३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, चिलिमे हाइड्रोको तीन करोडमाथिको कारोबार हुँदा नागवेली लघुवित्त प्रोमोटर, माछापूछ्रे बैंक प्रोमोटर र स्टान्डर्ड चार्टर्ड बैंकको एक करोडमाथिको कारोबार भएको छ । नविल बैंक प्रोमोटर, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक्, निर्धन उत्थान बैंक र नविल बैंकको क्रमशः ८८ लाख, ८४ लाख, ८० लाख, ७८ लाख, ७१ लाख र ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
सिर्जना फाइनान्स, रिडी हाइड्रो, सहयोगी विकास बैंक र कैलाश विकास बैंकका सेयरधनीले क्रमशः ७.८५, ६.८८, ५.९२ र ५.०४ प्रतिशतका दरले कमाएका छन् । सूर्योदय लघुवित्त, युनाइटेड मोदी हाइड्रो, प्रुडेन्सियल इन्स्योरेन्स, चिलिमे हाइड्रो, वोमी माइक्रोफाइनान्स, सिनर्जी फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, खानी खोला हाइड्रो र गोर्खाज फाइनान्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । आईसीएफसी फाइनान्स, कन्काई विकास बैंक, जनरल फाइनान्स, हिमालयन डिस्टीलरी, रुरल माइक्रोफाइनान्स, बरुण हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

