सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामुहिक योजना सिद्धार्थ इक्विटी फण्डको बिक्रि बुधबार (असोज २५ गते)देखि खुला भएको छ । क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड एकाइ निष्काशन गरेको हो ।
लगानीकर्ताले छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । एकाइमा कम्तिमा एक सय रुपैयाँदेखि २४ लाख रुपैयाँसम्म आवेदन दिन सकिनेछ । आस्वा सेवा प्रदायक सबै बैंक बित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


