मंगलबार सेयर बजार सामान्य ०.७४ अंकले बढेर १५०२.६३ अंकमा पुगेको छ । विकास बैंक, फाइनान्स र अन्य समूह क्रमशः ०.८५, ४.५१ र ८.६७ अंकले बढेपछि समग्र बजारलाई केही राहत मिलेको छ । बैंकिङ, व्यापार, होटल, जलविद्युत्, बीमा र उत्पादनमूलक समूह भने क्रमशः ०.३, ३.३८, ६.२१, ४.४१, ८.९९ र ११.६४ अंकले घटेका छन् ।
बजार सामान्य बढेपनि लगानीकर्तामा खासै उत्साह देखिँदैन । दिनभरिमा १५५ वटा कम्पनीको छ लाख ७४ हजार सात सय ८७ कित्ता सेयर तीन हजार पाँच सय ५१ पटक खरिदविक्री हुँदा ३० करोड ७० लाख ६८ हजार तीन सय १९ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रो, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक र सानिमा बैंकको क्रमशः ९१ लाख, ८७ लाख, ८४ लाख, ८१ लाख र ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
जानकी फाइनान्स, गरिमा विकास बैंक, रिडी हाइड्रो, तारागाउँ रिजेन्सी, एनआईबिल प्रगति फण्ड, लुम्बिनी विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रो, मितेरी डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक लगायतका सेयरधनीले कमाएका छन् ।
हिमालयन डिस्टीलरी, तिनाउ डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सृजना फाइनान्स, सिभिल लघुवित्त, किसान माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नविल बैंक प्रोमोटर, वल्र्ड मर्चेन्ट बैंकिङ लगायतका सेयरधनीले गुमाएका छन्