Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माउन्ट मकालु डेभलपमेन्ट बैंकले पायो हकप्रद सेयर निष्काशन गर्ने अनुमति

२०७४ आश्विन २४ गते

माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

हाल माउन्ट मकालु डेभलपमेन्ट बैंकको चुक्तापुँजी छ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 

हकप्रद सेयर निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।