Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको महाप्रबन्धकमा साउद नियुक्त

२०७४ आश्विन २३ गते

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को महाप्रवन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन्। मन्त्रीपरिषदको सोमबार बसेको बैठकले नेप्से महाप्रवन्धकमा साउदलार्इ नियुक्त गरेका हो।अर्थमन्त्रालयले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली छनौट गरेर मन्त्रीपरिषद्मा सिफारिश गरेको थियो।

एमबिएस गरेर अध्यापन पेशा अँगालिरहेका चन्द्रसिंह साउदसँग नेपाल इन्स्योरेन्स कम्पनीमा २४ वर्ष काम गरेको अनुभव छ । उक्त कम्पनीमा २०५१ सालमा छैटौं तहमा प्रवेश गरेका उनले प्रमुख कार्यकारी अधिकृत हुँदै ०७३ मा अवकाश पाएका थिए । साउद अहिले चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्टका अध्यक्ष छन् ।