एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । कम्पनीले गत असार महिनामा एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त हकप्रद सेयर बाँडफाँडपछि कारोबारका लागि नेप्सेमा सूचिकृत गराइएको हो ।
त्यस्तै, सोमबार नै पूर्णिमा विकास बैंकको ६६ हजार नौ सय ११ दशमलव ८२ कित्ता हकप्रद सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गरिएको छ । पूर्णिमाले पनि गत असारमा एक सय रुपैयाँ अंमित मूल्यमा मूल्यमा आठ करोड ८० लाख ९६ हजार दुई सय ८२ रुपैयाँ बराबरको आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।
दुवै कम्पनीको नेप्सेमा सूचिकृत भएका सेयरको कारोबार आगामी सातादेखि सुरु हुनेछ ।


