Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ओम डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुल्यो

२०७४ आश्विन २३ गते

ओम डेभलपमेन्ट बैंकले आज (असोज २३ गते)देखि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २६ गतेसम्म खुला रहने हकप्रदमा भदौ २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । एनआइबिएल क्यापिटल मार्केट्स, ओम डेभलपमेन्ट बैंकका केन्द्रीय तथा शाखा कार्यालयहरु, नेपाल इन्भेष्टमेन्टका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, इटहरी र धनगढीबाट उक्त हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । 

हाल ओम डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४९ करोड ३१ लाख रुपैयाँ बराबरको ४९ लाख ३१ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात्, बैंकको चुक्तापुँजी दुई अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।