Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद जारी गर्ने

२०७४ आश्विन २० गते

सिनर्जी फाइनान्सले हकप्रद सेयर वितरणको दर बढाएको छ । फाइनान्सले यसअघि २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भनेकोमा अब ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । उक्त हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले कार्तिक १७ गते १९औं बार्षिक साधारणसभा डाकेको छ । फाइनान्सले साधारणसभा प्रयोजनका लागि असोज २७ गतेदेखि कार्तिक १७ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । फाइनान्सले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था पाएमा गाभ्ने गाभिने समेत जनाएको छ । यसका लागि उसले संस्थाको चलअचल सम्पति मुल्याङकन गर्न साभारणसभाबाट स्वीकृति लिने भएको छ । फाइनान्सको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ छ ।