Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुल्यो

२०७४ आश्विन १८ गते

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आज (असोज १८ गते)देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कात्तिक २१ गतेसम्म निष्काशन हुने हकप्रदमा भदौ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । एस क्यापिटल लाल दरबार, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय चाबहिल, न्यूरोड, किर्तिपुर, जावलाखेल, कौशलटार र उपत्यका बाहिर वीरगंज, पर्सा, चितवन, मोरङ, नारायणगढ, प्युठान, संखुवासभा र एक्सेल बैंकको केन्द्रिय तथा शाखा कार्यालयबाट उक्त हकप्रदमा आवेदन दिन सकिने छ । 

हाल एक्सेलको चुक्तापुँजी ३८ करोड ४५ लाख ६२ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार आठ सय रुपैयाँ पुग्नेछ ।