सोमबार नेप्से ८.५२ अंकले बढेर १५४५.४४ अंकमा पुगेको छ । व्यापार र होटल समूह क्रमशः २३.५६ र ८.३८ अंकले घटेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः १०.४६, ७.३९, २१.७२, ४.५८, १२.२, ९.१४ र ०.५७ अंकले बढेका छन् ।
परिसूचक बढेपनि कारोबार रकममा गिरावट कायम रहेको छ । दिनभरिमा १५४ वटा कम्पनीको छ लाख ३२ हजार ८९ कित्ता सेयर तीन हजार चार सय ७४ पटक खरिदविक्री हुँदा २७ करोड ७८ लाख ४७ हजार पाँच सय ८९ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स र रुरल माइक्रोफाइनान्स प्रोमोटरको एक करोडमाथिको कारोबार हुँदा जनता बैंक, रिलायबल माइक्रोफाइनान्स, एभरेष्ट बैंक, प्राइम बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, निर्धन उत्थान बैंक र सानिमा बैंकको क्रमशः ८५ लाख, ८२ लाख, ८१ लाख, ६४ लाख, ६० लाख, ५५ लाख र ५५ लाखको कारोबार भएको छ ।
सिनर्जी फाइनान्स र रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९३ र ६.५४ प्रतिशतका दरले कमाउँदा सेन्ट्रल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, विजय लघुवित्त, सृजना फाइनान्स, छ्याङ्दी हाइड्रो, लक्ष्मी इक्विटी फण्ड, जनता बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
विशाल बजारका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् । तारागाउँ रिजेन्सी, बरुण हाइड्रो, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, सनराइज बैंक, गोर्खाज फाइनान्स, सहयोगी विकास बैंक, हिमालयन पावर पार्टनर, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।