फर्स्ट माइक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडको आठौं साधारणसभा आइतबार (असोज ८ गते) काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेन्द्र राज रेग्मीद्धारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरि नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) बमोजिम तयार गरिएको बार्षिक वित्तीय विवरण सहितको लेखापरिक्षण प्रतिवेदन समेत पारित गरेको संस्थाले जनाएको छ ।
यसबाहेक, आ.व २०७३।०७४ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्न साधारणसभाले सञ्चालक समितिलाई स्वीकृती प्रदान गरेको छ । साथै पूँजी वृद्धिका लागि सेयरधनीका नाममा कायम रहेको साधारण सेयर संख्याको २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।
त्यस्तै, प्रबन्धपत्र तथा विनियामावलीमा यस लघुवित्त विकास बैंकको अधिकृत तथा चुक्ता सेयर पूजी ६८ करोड ४३ लाख ९३ हजार आठ सय रुपैयाँ पुर्याउने संसोधन प्रस्तावलाई पनि साधारणसभाले पारित गरेको छ ।