कैलाश विकास बैंक लिमिटेडका सेयरधनीले १९.५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको गत असोज ६ गते बसेको संचालक समितिको बैठकले संस्थाको आ.व.२०७३/०७४को मुनाफा समेतबाट आफ्ना शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १० प्रतिशतका दरले बोनश सेयर तथा ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार, प्रस्तावित बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई बैंकको आगामी २४ औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने भएको छ ।
यस संस्थाको बोनश सेयर जारी पश्चात चुक्ता पुँजी दुई अर्ब ५२ करोड छ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । २०७४ भाद्र मसान्तसम्ममा कैलाशले १८ अरब ११ करोड निक्षेप संकलन गरी १५ अरब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
संस्थाले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १९ वटा ब्त्ः मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।