आइतबार नेप्से परिसूचक २.८९ अंकको गिरावटसँगै १५३६.९२ अंकमा कायम भएको छ । बैंकिङ, व्यापार, विकास बैंक र अन्य समूह क्रमशः ४.९८, १५.२९, ५.७ र १.७३ अंकले घटेका छन् भने होटल, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः ३७.६४, १.०८, ४.२६ र १०.१४ अंकले बढेका छन् ।
दिनभरिमा १५० वटा कम्पनीको नौ लाख ९१ हजार तीन सय ६६ कित्ता सेयर तीन हजार सात सय १८ पटक खरिविक्री हुँदा जम्मा ३१ करोड ५२ लाख सात हजार एक सय ५८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, एनसीसी बैंक प्रोमोटर र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेशनल हाइड्रो, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको क्रमशः ९८ लाख, ९६ लाख, ८४ लाख, ८० लाख, ७५ लाख र ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
बरुण हाइड्रोका सेयरधनीले ९.८५ प्रतिशतका दरले कमाउँदा तारागाउँ रिजेन्सी, मिसन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो र वरियन्टल होटल्सका सेयरधनीले क्रमशः ७.३३, ५.७५, ५.३० र ५.१४ प्रतिशतले कमाएका छन् । जानकी फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, रिडी हाइड्रो, एमएमबि माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
कुबेर मर्चेन्ट फाइनान्स, विशाल बजार, एक्सेल डेभलपमेन्ट बैंक र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ६.७६, ६.०९, ५.४७ र ५.२२ प्रतिशतले गुमाएका छन् । प्रोग्रसिभ फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, माछापूछ्रे बैंक, सूर्या लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।