बुटवलमा केन्द्रीय कार्यालय रहेको आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको शनिबार (असोज ७ गते) बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । संचालक समितिको निर्णयअनुसार, आरएसडीसीले एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र सात लाख ८६ हजार आठ सय ४२ रुपैयाँ नगद लाभांश वितण गर्नेछ । संचालक समितिको बैठकले लाभांश वितरण गर्नकालागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग गर्ने र स्वीकृति पाएपछि साधारणसभाको आयोजना गरी लाभांश पारित गर्ने निर्णय गरेको छ । हाल आरएसडीसी लघुवित्तको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ ।