२०७४ आश्विन ८ गते

स्वरोजगार लघुवित्तको कार्यक्षेत्र विस्तार

स्वरोजगार लघुवित्त विकास बैंकले आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । बैंकको संचालक समितिको मिति २०७४।०५।०९ गते बसेको १४८ औँ बैठकको निर्णय अनुसार बैंकले नुवाकोट जिल्लाको बिदुर न.पा वडा नं २ बट्टारमा विदुर शाखा, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुमा मलेखु शाखा, पाल्पाको तानसेन न.पा वडा नं ७ बाँसटारीमा तानसेन शाखा, पाल्पाकै रामपुर न.पा वडा नं (४ रामपुरमा रामपुर शाखा, गुल्मीको रेसुङ्गा न.पा वडा नं ७ तम्घासमा रेसुङ्गा शाखा र अर्घाखाँची जिल्लाको सन्धिखर्क न.पा वडा नं २ सन्धिखर्कमा सन्धिखर्क शाखा एकै साथ उद्घाटन गरेको छ । यी सबै शाखाको उद्घाटन शनिबार(असोज ७ गते) गरिएको लघुवित्तको केन्द्रीय कार्यालयका प्रशासन विभाग प्रमुख श्रीराम रोक्काले जानकारी दिए । साथै बैंकको मिति २०७४।०५।१७ गते बसेको संचालक समितिको १४९ औँ बैठकको निर्णय अनुसार पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिका वडा नं १ मा बहुअर्वाभाटा शाखा पनि सोहि दिन उद्घाटन भएको उनले बताए ।