Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बाढीप्रभावित ग्राहकलाई आशा लघुवित्तद्धारा खाद्यान्न वितरण

२०७४ आश्विन ६ गते
सेयर:

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानोश्री, बर्दियाले बाढीका कारण प्रभावित भएका आफ्ना सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । खाद्यान्न प्राप्त गरेपछि दुःखको बेला वित्तीय संस्थाको राहतले आफुहरुलाई खुसि बनाएको सदस्य अमृता थापाले बताइन् । सदस्यहरुको दुःखको बेला संस्थाको तर्फबाट राहत वितरण गर्न पाउँदा सन्तुष्टि प्राप्त भएको शाखा प्रबन्धक सुमन पाण्डेले बताए ।