सहारा विकास बैंक लिमिटेडले २५० प्रतिशत अर्थात एक बराबर दुई दशमलव पाँच प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन गर्ने अनुमति माग गर्दै बैंकले गत साता नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
सहाराले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार आठ सय ७० कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।