Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै कालिका

२०७४ आश्विन २ गते
सेयर:

स्याङ्जाको वालिङमा केन्द्रिय कार्यालय रहेको कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकले संस्थाका नयाँ फिल्ड सहायक कर्मचारीहरुका लागी दुई दिने फिल्ड तथा केन्द्र ब्यबस्थापन र सफ्टवेयर सम्बधि दुई दिने तालिम सम्पन्न गरेको छ । कालिकाले उक्त तालिम सोमबार पाल्पाको तानसेनमासम्पन्न गरेको हो । २०७४ भाद्र ३१ बाट आश्विन १ गते सम्म भएको तालिमको नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक लि.का अध्यक्ष पशुपती घिमीरेले पानसमा बत्ति बालेर उद्घाटन गर्दै कर्मचारीको क्षमता अभिवृद्धिको लागि बैंकले आयोजना गरेको तालिम अनुकरणीय रहेको बताए ।

तालिममा स्याङ्गजा, पाल्पा, रुपन्देही र नवलपरासी जिल्लामा सञ्चालित शाखा कार्यालयहरुबाट ४५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले दक्ष कर्मचारी संस्थाको सम्पत्ती भएको बताउँदैयस तालिम संगै बैंकका सम्पूर्ण कर्मचारीहरुले आधारभुत तालिम प्राप्त गरेको र आगामीे दिनमा दोश्रो चरणको तालिम आयोजना गरि सबै कर्मचारीलाई अझै दक्ष बनाउने बताए । प्रमुख कार्यकारी अधिकृत बोहराले वित्तीय संस्थाको हालको अवस्था, नियमन निकायहरुको निर्देशन, लघुबित्तको संभावना र चुनौतीको बारेमा जानकारी दिएका थिए ।

तालिममा बैंकका अनुगम तथा आन्तरिक लेखा बिभागिय प्रमुख खेमनारायण रेग्मीले कर्जा महत्व, लगानी किन गर्ने, कर्जाको भाखा नाघ्न नदिन गर्नुपर्ने उपाय र कार्यहरुको बारेमा जानकारी गराएका थिए । केन्द्रीय कार्यालयका जुनियर अधिकृत यामप्रसाद अर्यालले कर्जा तथा बचतका प्रकार, सामाजिक सुरक्षण कोष, ब्यक्ति तथा संस्थामा सकारात्मक सोच र उत्प्रेरणाको विषयमा तालिम दिएका थिए । त्यसै गरि सुचना तथा प्रबिधि बिभाग प्रमूख ईन्जिनियर अनुप श्रेष्ठले कर्मचारीहरुलाई संस्थाको सफ्ट्वेयर सम्बन्धि तालिम दिएका थिए भने भैरहवा तथा वालिङ्ग क्षेत्रीय अनुगमन अधिकृतद्घय कबिता पोख्रेल र भुमाकुमारी गैह्रेले केन्द्र ब्यबस्थापन तथा ग्राहक छनौट,  व्यवस्थित केन्द्र विषयमा तालिम दिएका थिए । तालिममा पञ्चनगर शाखाका प्रबन्धक हरीप्रसाद खनालले कागजपत्र ब्यबस्थापनको बारेमा सहजिकरण गरेका थिए । बैंकले यस अघि भदौको दोश्रो साता पोखरामा दुई दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो । तालिमका लागि रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेक्टरले समेत सहयोग गरेको कालिकाका सीइओ बोहराले जानकारी दिए ।