२०७४ आश्विन २ गते

सोमबारको सेयर बजारमा गिरावट, आधा अर्ब पनि पुगेन कारोबार

आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचक ४.२४ अंकले घटेर १५४३.७० अंकमा कायम भएको छ । व्यापार, जलविद्युत् र उत्पादनमूलक समूह क्रमशः २०.७, १४.८९ र २.३३ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, बीमा र अन्य समूह क्रमशः २.५२, २०.०५, १.६२, ५.८६, ७९.६ र १.७३ अंकले घटेका छन् । 

बजार घटेपछि कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १६१ वटा कम्पनीको १० लाख ३५ हजार सात सय नौ कित्ता सेयर छ हजार तीन सय २५ पटक खरिदविक्री हुँदा ४६ करोड ९३ लाख ७४ हजार नौ सय ४६ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, एभरेष्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्सको पौने तीन करोडमाथि र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको पौने दुई करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, निर्धन उत्थान बैंक्, स्वाबलम्बन विकास बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

विशाल बजारका सेयरधनीले ९.९८ प्रतिशतका दरले कमाउँदा हाम्रो विकास बैंकका सेयरधनीले ६.६३ प्रतिशतले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, जनरल फाइनान्स, नेपाल एसबीआई बैंक, नेशनल माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको बरुण हाइड्रोका सेयरधनीले ४.३६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । दिव्यश्वरी हाइड्रो, सिन्धु विकास बैंक, सिनर्जी पावर, सनराइज बैंक, गुहेश्वरी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, एभरेष्ट बैंक, ङादी ग्रुप पावर, एनआईबिएल प्रगति फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।