सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज १८ गतेदेखि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ७१ लाख रुपैयाँ बराबरको एक लाख ७१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको एक लाख ८० हजार कित्ता आइपिओमध्ये कम्पनीले ५ प्रतिशतका दरले नौ हजार कित्ता म्यूचुअल फण्डलाई विक्री गरिसकेको छ ।
सपोर्ट माइक्रोफाइनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
सेयर निष्काशन असोज २३ गतेसम्म खुला रहनेछ ।
हाल सपोर्ट माइक्रोफाइनान्सको चुक्तापुँजी चार करोड २० लाख रुपैयाँ रहेको छ ।


