आइतबार सेयर बजार १७.६३ अंकले बढेर १५४७.९४ अंकमा पुगेको छ । होटल, फाइनान्स र अन्यबाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा ४३.१४ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत् र उत्पादनमूलक क्रमशः २५.१३, १८.८३, ८.८८, ४.४१ र १८.१४ अंकले बढेका छन् । होटल, फाइनान्स र अन्य भने क्रमशः १४.७२, १.८४ र ०.५८ अंकले घटेका छन् ।
परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दिनभरिमा १५९ वटा कम्पनीको १६ लाख ५४ हजार चार सय ८२ कित्ता सेयर सात हजार २५ पटक खरिदविक्री हुँदा ७७ करोड ८० लाख ९९ हजार चार सय ३५ रुपैयाँको कारोबार भएको छ ।
प्रोमोटर र साधारण गरेर नेपाल लाइफ इन्स्योरेन्सको मात्रै साढे २१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । कृषि विकास बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्र्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, निर्धन उत्थान बैंक, राष्ट्रिय बीमा कम्पनी लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
विशाल बजारका सेयरधनीले ९.९९ प्रतिशतका दरले कमाउँदा प्रोग्रेसिभ फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, एनआईबिएल प्रगति फण्ड र पूर्णिमा विकास बैंकका सेयरधनीले क्रमशः ९.७७, ६.३२, ५.९५, ५.६४ र ५.३४ प्रतिशतका दरले कमाएका छन् । जलविद्युत् लगानी तथा विकास बैंक्, बोटलर्स नेपाल, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, हिमालयन बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, मिथिला लघुवित्तका सेयरधनीले ५.७६ प्रतिशतका दरले कमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स, अरुण फाइनान्स, कालिका माइक्रोक्रेडिट, बरुण हाइड्रो, नेशनल हाइड्रो, वरियन्टल होटल्स, लक्ष्मी लघुवित्त, युनाइटेड फाइनान्स, छ्याङ्दी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।