२०७४ आश्विन १ गते

फेरि हकप्रद जारी गरेर चुक्तापुँजी पुर्याउँदै मञ्जुश्री फाइनान्स

आठ महिना अघि १७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले फेरि पाँच प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सको भदौ ३० गते बसेको १४४औँ संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

मञ्जुश्रीले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनका लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ७२ करोड ४२ लाख ७९ हजार रुपैयाँ रहेको छ । हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७६ करोड चार लाख ९२ हजार रुपैयाँ पुग्नेछ । बाँकी पुँजी बोनस सेयर जारी गरेर पुर्याउने फाइनान्सको योजना छ ।