तिनाउ विकास बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको भदौ ३० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट सो अनुपातमा लाभांश दिने निर्णय गरेको हो ।
तिनाउले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्नेछ । हाल तिनाउ विकास बैंकको चुक्तापुँजी ४६ करोड आठ लाख ४९ हजार नौ सय २१ रुपैयाँ ८८ पैसा रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको चालू आर्थिक वर्षको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।