Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समिट माइक्रोफाइनान्सका सेयरधनीले पाउने भए आकर्षक लाभांश

२०७४ आश्विन १ गते
सेयर:

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ३४.४८२७५८६२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको १५५औँ संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको संचित मुनाफाबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

हाल सात करोड २५ लाख रुपैयाँ चुक्तापुँजी भएको समिटले दुई करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ । साथमा कर प्रयोजनका लागि १.८१४८८२०३ प्रतिशतले हुन आउने १३ लाख १५ हजार सात सय ८९ रुपैयाँ ४७ पैसा नगद लाभांश समेत वितरण गर्ने बैंकले जनाएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको चालू आर्थिक वर्षको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।