सनराइज बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । बैंकको विहीबार(भाद्र २९ गते) बसेको संचालक समितिको २७७औं बैठकबाट तत्काल कायम रहेको चुक्ता पूँजीमा आ.ब. २०७३/०७४ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो ।
बैंकले लिलामीमा निकालेको हकप्रद सेयर सकार्नेले पनि उक्त बोनस सेयर प्राप्त गर्ने बैंकले जनाएको छ । सनराइजले गत आर्थिक वर्षमा ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा नबिकेकोसात लाख १० हजार सात सय ४३ कित्ता सेयरलाई लिलामीमा निकालेको छ ।
बोनश सेयर जारी गरेपश्चात् बैंकको चुक्ता पूँजी आठ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । साथमा लिलामीमा राखिएको सेयर बिक्री पश्चात् चुक्ता पूँजी आठ अर्ब १५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।