निर्धन उत्थान बैंक लिमिटेडले गत २०७४ श्रावण २८ गते आएको भिषण बाढीेमा परी जनधनको क्षति ब्यहोरेका पिडित परिवारहरुलाई राहत वितरण गरेको छ । बाढी प्रभावित जिल्लाहरु झापा, मोरङ, सुनसरी, सिराहा, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, बाँके, बर्दिया र कैलाली जिल्लाहरुका २८ वटा शाखा कार्यालयहरु मार्फत २,७०४ घरपरिवारहरुलाई राहत वितरण गरेको बैंकले जनाएको छ । बाढीबाट घरवार विहीन हुन पुगेका घरपरिवारहरुलाई यस बैंकले १२ लाख ९३ हजार छ सय ८७ रुपैयाँ बराबरको चामल, दाल, तेल, नून जस्ता खाद्यान्न खरिद गरी राहत वितरण गरेको छ ।
स्थानीय स्तरमा उद्दार, सार्वजनिक स्थानको मर्मत सम्भार लगायतका कार्यहरुमा बैंकका कर्मचारीहरु उपस्थित भई सहयोग पुर्याउने कार्यमा सरिक भएका थिए । साथै ब्यवसायमा क्षति पुगेका ग्राहकहरुलाई सस्तो ब्याजदरमा आकष्मिक कर्जा उपलब्ध गराई ब्यवसाय पुर्नस्थापन गर्नमा सहयोग पुर्याउनुका साथै घर मर्मत गर्न आवश्यक परेकालाई घर मर्मत कर्जा, घर बनाउनु पर्ने ग्राहकलाई घर निर्माण कर्जा उपलब्ध गराई सहयोग पुर्याउने बैंकको योजना रहेको छ ।