Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

शाखा विस्तारमा आक्रामक बन्दै ‘गणपति माइक्रोफाइनान्स’, एकैदिन पाँच शाखा संचालनमा

२०७४ भाद्र २७ गते
सेयर:

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकैदिन पाँच वटा शाखा विस्तार गरेको छ । बैंकले मंगलबारदेखि भिमफेदी मकवानपुर, कमलामाई सिन्धुली, गैंडाकोट नवलपरासी, सैनामैना रुपन्देही र कुस्मा पर्वतमा गरी ५ ओटा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरुद्धारा गरिएको थियो । नयाँ पाँच शाखाहरुसँगै अब गणपति माइक्रोफाइनान्सको शाखा संख्या २० पुगेको छ । 

गणपति नेपाल राष्ट्र बैंक बाट मिति २०७३/०७/३० मा ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । हालसम्म यस वित्तीय संस्थाले पाँच हजार तीन सय ७० लक्षित ग्राहक मार्फत २७ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने तीन करोड ३५ लाख रुपैयाँ बचत संकलन गरेको छ ।