Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माइक्रोफाइनान्सले दियो वित्तीय साक्षरता सम्बन्धी तालिम

२०७४ भाद्र २७ गते
सेयर:

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शाखा प्रबन्धकहरुका लागि दुई दिने वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । आइतबार पोखराको नागढुंगा स्थित होटल स्टार रबिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले तालिमको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द नभए पनि यसभित्रका विषयवस्तुहरु गहन रहेको बताए । उनले वित्तीय साक्षरताका विषयवस्तुहरु बचत, कर्जा, बीमा, विप्रेषण आदि रहेकोले यस बारेमा सबै ब्यक्ति तथा समुदायहरुले जान्नुपर्ने कुरामा जोड दिए । वित्तीय साक्षरता सम्बन्धी तालिम सदस्यहरुलाई मात्र नभएर शाखा प्रबन्धक लगायत सबै तहका कर्मचारीहरुलाई अत्यावश्यक रहेको उनको भनाइ थियो । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको गहनाको रुपमा रहेको वित्तीय अनुशासन र सुशासनलाई हर क्षेत्रमा कायम राख्नुपर्ने उनले बताए । उनले बास्तवमा सदस्यहरुलाई लघुवित्त कार्यक्रमसँग वित्तीय साक्षरतालाई पनि जोडेर तालिम दिन सकेमा मात्र सहि र सकारात्मक प्रभाव पार्ने र यसले गरीबीलाई कम गर्न सकिने जिकिर गरे ।

सो तालिममा सहजकर्तामा हुनुपर्ने गुणहरु, वित्तीय लक्ष्य र महत्व, वचत, वचत गर्नुपर्ने कारणहरु, वचत गर्नका लागि विद्यमान चुनौती, वचत योजना, वचत सेवाहरु, ऋण, आम्दानी र खर्चहरु, आवश्यकता र चाहनाहरु, वजेट, जोखिम र त्यसलाई न्युनीकरण गर्ने उपायहरु, बीमाका प्रकारहरु, बैदेशिक रोजगारी, विप्रेषण लगायतका विषयवस्तुहरुको बारेमा क्षमता अभिवृद्धि गराइयो र

कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका ८ जना कर्मचारीहरुका साथै २८ जना शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । सबै शाखा प्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिलाई आफ्नो शाखा अन्तरगतका सदस्यहरुलाई तालिम प्रदान गर्न सक्ने गरी दक्ष बनाइने तालिमको उद्धेश्य रहेको छ ।