Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बैंकका सेयरधनीलाई आकर्षक लाभांश

२०७४ भाद्र २५ गते
सेयर:

लघुवित्तहरुमध्येमा सबैभन्दा धेरै नाफा कमाएको निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको भदौ २२ गते बसेको २२५औँ वैठकले ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र आठ करोड ४२ लाख १० हजार पाँच सय २६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

हाल ६० करोड रुपैयाँ चुक्तापुँजी भएको निर्धन उत्थानले चुक्तापुँजीको ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको जनाएको छ । गत आर्थिक वर्षमा निर्धन उत्थानले ५८ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।