नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । सात अर्ब २१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको शनिबार बसेको ३०९ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
गत आर्थिक वर्षमा एक अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको जगेडाकोषमा तीन अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।