२०७४ भाद्र २१ गते

निर्धन उत्थान बैंकद्धारा बीमावापतको रकम हस्तान्तरण

निर्धन उत्थान बैक लिमिटेडको बागलुङस्थित खर्वाङ शाखाले एक समारोहका बीचमा बीमा रकम हस्तान्तरण गरेको छ । बैंकले बाग्लुङ जिल्लाको गल्कोट नगरपालीका वडा नम्बर ११ गाइघाट केन्द्रकी मृतक सदस्य मनकुमारी सार्कीको श्रीमान् खर्क बहादूर सार्कीलाई एक लाख ६५ हजार आठ सय रुपैयाँ बीमा रकम प्रदान गरेको हो । बैंकको क्षेत्रीय कार्यलय पोखराका प्रबन्धक शंकर प्रसाद न्यौपाने तथा खर्वाङ शाखाका शाखा प्रमुख टोकराज बस्यालले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरे ।  

बैकमा आवद्ध मनकूमारी सार्कीले पशु खरीदका लागि ६० हजार रुपैयाँ कर्जा लिएकी लिइन् । उक्त कर्जा चूक्ता गरे पनि बीमाको अवधि बाँकी छँदै उनको गत फागुन महिनामा मनेवामा गएको सुख्खा पहिरोमा परी मृत्यू भएको थियो । 

बीमा रकम हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रमुख टोकराज बस्यालले निर्धन उत्थान बैकमा आवद्ध सबै ऋणी ग्राहकहरुको मेटलाइफ बीमा कम्पनीमार्फत बीमा गरिएकोले ढुक्कसँग कर्जा कारोबार गरी स्वरोजगार बन्न आग्रह गरे । 

सो कार्यक्रममा बोल्दै क्षेत्रीय कार्यलय पोखराका क्षेत्रीय प्रबन्धक शंकर प्रसाद न्यौपानेले ग्राहक सदस्यलाई आफनो आवश्यकता, परियोजना र क्षमताको आधारमा कर्जा लिन आह्वान गरे । साथमा अनिवार्य रुपमा कर्जाको सदुपयोग गर्नुपर्ने कुरामा उनले जोड दिए ।