Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीलाई ४० प्रतिशत लाभांश

२०७४ भाद्र २१ गते

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत बोनस सेयर २५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट बैंकले तीन अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्तापुँजी नौ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

Ad