सोमबार सेयर बजार २५.४७ अंकले घटेर १५५४.५६ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह १३६.७३ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २५.७४, १३.२५, ३६.१७, १९.७३, ४.०१, १८.४६ र ४.९१ अंकले घटेका छन् ।
दिनभरिमा १५२ वटा कम्पनीको १५ लाख ७० हजार सात सय ३१ कित्ता सेयर नौ हजार दुई सय ४१ पटक खरिदविक्री हुँदा ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, फर्स्ट माइक्रोफाइनान्सको सवा तीन करोडभन्दा माथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, महालक्ष्मी विकास बैंक, युनाइटेड इन्स्योरेन्स, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र निर्धन उत्थान बैंकको दुई करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक, सानिमा बैंक लगायतको पौने दुई करोडमाथिको कारोबार भएको छ ।
सोमबार जम्मा १५ वटा कम्पनीको सेयरमूल्य बढेको छ । जसमध्ये, आरएसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले कमाएका छन् भने ङादी ग्रुप पावरका सेयरधनीले ६.६२ प्रतिशतका दरले कमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, एनबि इन्स्योरेन्स, अरुण काबेली पावर, फर्स्ट माइक्रोफाइनान्स, विजय लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, कर्णाली डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, नविल बैंक प्रोमोटर, वरियन्टल होटल्स, नागरिक लगानी कोष, लक्ष्मी लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, हाम्रो विकास बैंक, प्रोग्रसिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोका सेयरधनीले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् भने एनआईसी एसिया बैंक, वलर््ड मर्चेन्ट बैंकिङ र सिनर्जी पावरका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।