Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१६ प्रतिशत बोनस सेयर जारी गर्दै ‘सानिमा बैंक’, चुक्तापुँजी आठ अर्ब नाघ्ने

admin २०७४ भाद्र १९ गते
सेयर:

सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको वैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । 

असार मसान्तसम्मको विवरणअनुसार, सानिमा बैंकको चुक्तापुँजी छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । गत आर्थिक वर्षमा एक अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको जगेडाकोषमा दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ०१ प्रतिशत रहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।