२०७४ भाद्र १९ गते

सांग्रिला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद जारी गर्ने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

सांग्रिलाले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय ५० रुपैयाँ बराबरको एक करोड आठ लाख ६७ हजार सात सय ९८ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

असारमा कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको सांग्रीलाको गत बर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ३५ करोड ८४ लाख ७४ हजार रुपैयाँ चुक्ता पूँजी पुगेको छ । हकप्रद निश्कासनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ४३ करोड पाँच लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको बाँकी रकम बैंकले गत आर्थिक बर्षको बोनसबाट सहजै पुरा गर्नेछ । गत आर्थिक वर्षमा बैंकले ३४ करोड ३७ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।