Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्थापनाको दोस्रो वर्षमा ‘आशा लघुवित्त’, यसरी मनायो वार्षिकोत्सव

२०७४ भाद्र १८ गते
सेयर:

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापनाको एक वर्ष पूरा गरेको छ । संस्थाले केन्द्रीय कार्यालय मदानपुर–८, नुवाकोटमा बजारमा सरसफाई गरेर आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । बजार सरसफाई कार्यक्रममा स्थानीय बासिन्दाहरुले सक्रियताका साथ सहभागिता जनाएका थिए । 

स्थापना भएको एक वर्षभित्रमा आशा लघुवित्तले २३ जिल्लामा ३६ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । संस्थाले न्युन आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई विनाधितो कर्जा प्रदान गरेर उद्यमशील बन्न मद्दत गरिरहेको छ । 

यस राष्ट्रिय स्तरको वित्तीय संस्थाले आधुनिक प्रणालीका माध्यमबाट सरल, सहज लघु बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । साथमा त्यस क्षेत्रका ग्रामिण, दुर्गम तथा पिछडिएको वर्गहरुको आर्थिक, सामाजिक उन्नतीमा टेवा समेत पुर्याएको  यस संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए ।