एभरेष्ट बैंक लिमिटेडले दुई लाख ५३ हजार सात सय ९७ कित्ता हकप्रद सेयर बोलकबोलका आधारमा विक्री गर्ने भएको छ । बैंकले गत असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद सेयर निष्काशन गर्दा नबिकेको सेयरलाई यही भदौ २५ देखि लिलामीमा निकाल्न लागेको छ । लिलाम विक्री असोज १ गतेसम्म हुनेछ ।
न्यूनतम १०० रुपैयाँ देखि बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम जति पनि गर्न सकिने बैंकले जनाएको छ । बैंकको हकप्रद बिक्री प्रवन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले शिलबन्दी बोलपत्र असोज १ गते बिहान १० बजे एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाटमा खोल्नेछ ।