मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले काभ्रे जिल्लाको बनेपा नगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, रोल्पाको सुलिचौर गा.बि.स. र नवलपरासीको भटौलियागरि देशभरमा ४ फरकफरक स्थानहरुमा एकै पटक सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । “मिर्मिरेको सरसफाई अभियान, सफा घर आँगन स्वच्छताको पहिचान ” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमहरुमा स्थानीय निकायका जनप्रतिनिधिहरु, समाजसेवी, स्थानीय बासिन्दाहरु एवम् बैंकका कर्मचारीहरुको अत्यन्त उत्साहजनक सहभागिता रहेको थियो ।
नवलपरासीको भटौलियामा सम्पन्न सरसफाई तथा जनसचतेना कार्यक्रममा बैंकका अध्यक्ष टेक बहादुर बोहराले उपस्थित सहभागीहरुप्रति आभार ब्यक्त गरे । उनले आगामी दिनमा सेवाग्राहीहरुको हितलाई ध्यानमा राखी विविध खाले सामाजिक परियोजनाहरु संचालन गर्ने बताए ।
बनेपाको कार्यक्रममा भने बैंकका संचालकहरु सन्तोष फुयाल, लीलाराज पौडेल, अनुज नेपालका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी, बैंकका व्यवस्थापक बिर्ख बोहरा, विभागीय प्रमुखहरु, बिष्णुप्रसाद सुबेदी, वेद प्रकाश आचार्य, तुलसीराम पाठक लगायत केन्द्रीय कार्यालय एवम् बनेपा शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रतिनिधिहरु एवम् स्थानीय समाजकर्मीहरुले मिर्मिरेको यो अभियान समयसान्दर्भिक रहेको बताए ।
त्यस्तै, मकवानपुरको हेटौँडामा संचालित कार्यक्रममा बैंकको हेटौंडा, शिखरकटेरी र हात्तिसुड़े शाखाका शाखा प्रबन्धक लगायत कर्मचारी एवम् सेवाग्राही प्रतिनिधि केन्द्र प्रमुखहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
रोल्पा जिल्लाको लिबांग शाखा अन्तरगत रोल्पाको सुलिचौरमा संचालित सरसफाई कार्यक्रममा बैंकका केन्द्रीय कार्यालय प्रतिनिधि सुरेश खड्काले कार्यक्रमको संयोजन गरेका थिए ।
आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरु क्र्रमवद्ध रुपमा संचालन गरिने बैंकको योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले बताए ।
काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे नेपालको १५ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तको माध्यमद्वारा गरिबी निवारणको राष्ट्रिय अभियानमा क्रियाशील रहेको छ ।