Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तद्धारा वाढीपिडीतलाई राहत वितरण 

२०७४ भाद्र १६ गते

१५ जिल्लाका २४ वटा शाखा कार्यालयमार्फत गाउँ गाउँमा वित्तीय पहुँच पुर्याउँदै आएको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बुटवल–६, पाखापानी, रुपन्देहीका वाढीपिडित ५ घरपरिवारलाई एक कार्यक्रमको आयोजना गरी राहत स्वरुप खाधान्न वितरण गरेको छ । साथै बैंकको कार्यक्षेत्र भएको  पर्साको ठोरी, बाँकेको शम्शेरगँज, बर्दियाको ककौरा र कैलालीको टिकापुरमा समेत बाढीबाट क्षति पुगेका घरपरिवारलाई आफ्नो शाखामार्फत राहत वितरण गर्ने कार्य समेत भईरहेको बैंकका कार्यकारी प्रमुख श्रीराम पोख्रेलले जानकारी गराए ।

यस बैंकले बैंकिङ्ग समुदायमा आवद्ध रहेका सदस्यहरुमा पर्ने मृत्युदेखि विपद् र उत्कृष्टताको आधारमा उनीहरुका छोराछोरीको अध्ययनको लागि समेत सहयोग गर्दै आएको छ । 

कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलको सभापतित्वमा भएको थियो । प्रमुख अतिथिको रुपमा संथापक सेयरधनी जोगलाल विश्वकर्माको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन बैंकका प्रबन्धक दल बहादुर लोहागुनले गरेका थिए ।