२०७४ भाद्र १६ गते

प्रवीणतादेखि स्नातक उतीर्णलाई लघुवित्तमा राजगारीको अवसर

नवलपरासीको सुनवलमा प्रधान कार्यालय रहने गरी छिटै नै संचालनमा आउन लागेको लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले केही संख्यामा कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ सहायक प्रशिक्षार्थी, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारी नियुक्त गर्न लागेको हो । जसमध्ये, वरिष्ठ सहायक प्रशिक्षार्थी र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि अनुभव मागिएको छैन । प्रवीणता तहदेखि स्नातक उतीर्ण नेपाली नागरिकले आफ्नो योग्यताअनुसारको पदमा एप्लाई गर्न सक्नेछन् । आवेदन यही भदौ २१ गतेभित्र बुझाइसक्नुपर्नेछ ।