रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रमुख, बरिष्ठ सहायक, सहायक, कनिष्ट सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही संख्या दरखास्त आह्वान गरेको हो । माग गरिएका कर्मचारीहरुमध्ये, प्रशिक्षार्थी सहायक पदमा अनुभव माग गरिएको छैन । आवेदन दिने म्याद यही भदौ २६ गतेसम्म रहेको छ ।



