२०७४ भाद्र १४ गते

सातवटै प्रदेशमा स्वरोजगार कोेष विस्तार हुने 

बैंकिङ खबर / युुवा तथा साना व्यवसायी स्वरोजगार कोषले संघीय संरचना अनुसार आफ्ना शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको छ । देशका ७ वटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्न प्रकृया सुरु गरेको कोषले जनाएको छ । कोषले आगामी पुषभित्रै सातै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने गरी तयारी थालेको छ । कोषका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद गौतमले भने, ‘ आगामी पुषभित्रै सबै प्रदेशमा शाखा कार्यालय खोल्छौँ ’। गत वर्ष नै कोषका शाखा विस्तार गर्ने योेजना थियो । तर पूरा हुन सकेको थिएन । सोही योजना अनुसार यस वर्ष शाखा विस्तार गर्न लागेको निर्देशक गौतमले जानकारी दिए । कोषले हरेक प्रदेशमा स्थानीय युवालाई लक्षित गर्दै कर्जा लगानी,असुली,व्याज अनुदान ,अनुगमन तथा निरिक्षणका कामहरु सहज रुपमा गर्न सफल होस भन्ने उदेश्यले सातै प्रदेशमा शाखा कार्यालय खोल्न लागेको हो । हाल कोषले ७५ वटै जिल्लाका प्रशाशन कार्यालयको संयोजनमा १ जना कर्मचारी राखी युवालाई सेवा उपलब्ध गराउँदै आएको छ । कोषले कृषिजन्य व्यवसाय,रिक्सा,ठेलागाडा लगायतका व्यवसाय,परम्परागत व्यवसाय,घरवास संबनधी व्यवसाय लगायतका विभिन्न व्यवसायमा ऋण उपलब्ध गराउँदै आएको छ । 
त्यस्तै,कोषले हालसम्म युवाहरुलाई लगभग ४ अर्व रुपैँया बराबरको कर्जा उपलब्ध गराएको छ । कोषको स्थापना २०६५ सालमा भएको हो । गत वर्ष मात्रै १ अर्व ११ करोड रुपैँया बराबर कर्जा उपलब्ध गराएको छ  । अहिलेसम्म ३० हजार ७ सय ६१ जना युवाले कोषबाट कर्जा लिएका छन् । कोषले विशेष कार्यक्रम अन्तर्गत सरकारसँग १ अर्व ६० करोड रुपैँया बजेट माग गरेको छ । हरेक स्थानीय तहमा नमुना व्यवसाय संचालन तथा दुर्तमार्ग कर्जा लगानी गर्न सो बजेट माग गरिएको कोषले जनाएको छ । युवाहरुलाई कर्जा लिन सहज बनाउन कोषले दुर्तमार्ग सेवाको सुरुवात गरेको निर्देशक गौतमले बताए । कोषबाट कर्जा लिँदा लामो तथा झण्झटिलो प्रकृया भएकाले युवाहरुलाई छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउन यस्तो सेवा सुरु गरेको कोषले जनाएको छ । यो व्यवस्था अन्तर्गत कर्जा लिँदा धितो राखेर इच्छुक युवाले छिटो छरितो र शुलभ रुपमा कर्जा लिन सक्ने छन् । त्यस्तै,कोषले एक इकाई एक नमुना व्यवसाय कर्जा कार्यक्रम पनि संचालन गर्ने तयारी थालेको छ । यस कार्यक्रमबाट स्थानीय स्रोतको अधिकतम उपायोग  हुने,मुल्य अभिवृद्धिकको मात्रा बढी भएका,मुल्य श्रृखला भएका ,निर्यात योगय बस्तुको उतपादन गर्ने,एक गाउँ एक उत्पादन जस्ता उत्पादनमुलक नमुना व्यवसाय कर्जा कार्यक्रम लागु गरिएको निर्देशक गौतमको भनाई छ । कोषले यस्तोे कर्जा प्रतिव्यक्ति २ लाख रुपँैयासम्म उपलब्ध गराउँछ । ऋणीले वार्षिक १० प्रतिशत व्याज तिर्नुपर्छ । युवाहरुले यस्तोे ऋण कोषले तोकेको बैंक तथा वित्तिय संस्था वा सहकारी मार्फत लिन सक्ने कोषले जनाएकोे छ । यस्तो कर्जा लिन १८ वर्ष पुरा भई ५० वर्ष ननाघेकको हुनुपर्ने व्यवस्था छ । । कोषबाट ऋण लिएर नियमित व्याज भूूक्तानी गर्ने  ऋणीलाई सरकाले ६० प्रतिशतसम्म व्याज अनुदान दिँदै आएको छ ।