Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्त ब्यवस्थापनबारे मेरो माइक्रोफाइनान्सको तालिम शुरु

२०७४ भाद्र १४ गते
सेयर:

प्रवेशिकाहरुका लागि मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लि.ले लघुबित्त ब्यवस्थापनबारे तालिमको आयोजना गरेको छ । बागबजारको होटेल हार्दिकमा संस्थाको तीन दिने तालिम शुरु भएको छ । 

उक्त तालिमको उद्घाटन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले सर्वसाधारणमा पहुँच वृद्धि र विस्तारका लागि वित्तिय संस्थाले महत्वूर्ण भुमिका निर्वाह गरेको बताए । दाहालले भने ‘संस्थालाई थप विकसित गर्दै आगामी केहि बर्ष्भित्र ७५ जिल्लामा शाखा बिस्तार गर्ने नीति अनुरुप माइक्रोफाइनान्स बित्तीय संस्था अघि बढिरहेको छ ।’ दाहालले ‘वित्तीय साक्षरताको कार्यक्रम तथा सामाजिक उत्तरदायित्वको कार्यक्रम समानान्तर रुपमा संचालनको तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा मानव संशाधन बिभागका प्रमुख बिजेन्द्र चौधरीले लघुबित्त सम्बन्धी जानकारी दिँदै संस्थाले राज्यको गरीबी उन्मुलन गर्न महत्वपूर्ण भुमिका खेलेको स्पष्ट पारे ।

कार्यक्रममा मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाका ब्यवस्थापक नबराज दाहाल, राजु पुडासैनी, बद्री अधिकारी, शेर बहादुर गुरुङ, उमेश डङ्गोल, रामकुमार सुवेदी, भिमप्रसाद भट्टराई, रामचन्द्र रुपाखेती तथा विभिन्न बिभागिय प्रमुखहरुले संस्थाको प्रगतिवारे धारणा राख्दै संस्थाबाट सेवाग्राही सन्तुष्ट रहेको दाबी गरे ।

तालिममा माईक्रोफाइनान्स वित्तीय संस्थाका लागि सेवाग्राहीमा स्तरोन्नति लगायतका थुप्रै चुनौतीका विषयमा गहन छलफल र अध्ययन सम्बन्धि तालिम दिइने जनाइएको छ । कार्यक्रममा कर्जा, लगानी तथा संस्थाको निति नियम सेवा सुबिधाको बारेमा प्रशिक्षण दिइने छ ।